नवलपुरलाई हराउँदै स्याङ्जा फाइनलमा

पाेखरा | फागुन १२, २०८०

नवलपुरलाई हराउँदै स्याङ्जा फाइनलमा

पोखरा:     जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुर माथि रोमाञ्चक जित निकाल्दै स्वर्गीय सन्तोष थापामगर स्मृति भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 


पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुरलाई ३–२ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । 


स्याङ्जाले नवलपुरलाई १९–२५, १९ २५, २५–१५, २५– १९ र १५–१३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो र दोस्रो सेट गुमाएको स्याङ्जाले तेस्रो, चौथो र पाँचौ सेटमा उत्कृष्ट पूनरागमन जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।  


दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ बागलुङ र पर्वतबीच प्रतिस्पर्धा हुने भलिबल संयोजक राजन दर्लामी मगरले जानकारी दिए । 


स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ७ जिल्लाको सहभागिता रहेको छ । ७ समूहलाई २ समूहमा विभाजन गरिएको खेलमा स्याङ्जा समूह ‘ए’को विजेता र पर्वत समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए  । यस्तै समूह ‘बी’बाट बागलुङ समूह विजेता र नवलपुर समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । 

 

चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा गण्डकी प्रदेशका भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । 


स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक दर्लामीले बताए । 


उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

 
चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुन्तलीटारमा दोस्रो चापाकोट महोत्सवमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन ८ देखि १३ गतेसम्म सञ्चालन हुदै छ । 


फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा  कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गीत प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्